२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै

चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्।जसमा २० जना त सचिवमात्रै छन्।राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक वर्ष २०८३/८४ मा ५८ वर्षे उमेर हद तथा ५ वर्षे पदावधि पूरा भई १ हजार ९ सय ८५ कर्मचारी अनिवार्य अवकाशबाट निवृत्त हुनेछन्।

जसमा ८७ सहसचिव, २ सय ६ जना उपसचिव र ३ सय २० जना शाखा अधिकृतको अवकाश हुँदैछ।सहायक स्तरका ७ सय ७३ जना र श्रेणीविहीनतर्फ ५ सय ७९ जना अनिवार्य अवकाशमा जान लागेका हुन्।हाल संघ, प्रदेश तथा स्थानीय तहमा ९२ हजार ५ सय २० कर्मचारी कार्यरत रहेको राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक     श्रवणकुमार पोखरेलले जानकारी दिए ।   

frontline

यो आर्थिक वर्षमा ठूलो संख्यामा सचिवहरूको अवकाश हुने भएको छ।२० जना सचिव यो वर्ष घर जाँदैछन्। साउन ४ गते किरणराज शर्माको अवकाश हुँदैछ।वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका शर्मा मुख्यसचिवका दाबेदार थिए, तर सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको छ।कार्कीलाई मुख्यसचिव बनाएपछि शर्मा बिदामा बसेका थिए।उनी ५ वर्षे सचिवको अवधि पूरा भएकाले साउन ४ मा सेवानिवृत्त हुँदैछन्।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव लोकनाथ पौडेल उमेर हदका कारण साउन ७ गते अवकाश हुँदैछन्।प्रधानमन्त्री कार्यालयकै अतिरिक्त समूहमा रहेका हरिप्रसाद मैनाली पनि उमेर हदका कारण साउन १९ गते सेवानिवृत्त हुँदैछन्।त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा भदौ ३ गते उमेर हदका कारण सेवानिवृत्त हुँदैछन्।उमेर हदकै कारण बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको भदौ ५ गते बिदाइ हुँदैछ।सेवा अवधि पूरा गरेर गृहसचिव राजकुमार श्रेष्ठको पनि भदौ १६ गते अवकाश हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here