२० युट्युब च्यानल र दुई वेवसाइटमाथि प्रतिबन्ध
७ पुस, नयाँ दिल्ली । भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ।
भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र दुईवटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो।
सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्री उत्पादन र प्रसारण गर्ने २० वटा युट्युब च्यानल र दुईवटा न्युज वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो।
जसमा ‘नयाँ पाकिस्तान’, ‘दी पन्च लाइन’, इन्टरनेसनल वेवन्युज’, ‘दी नेक्ड ट्रुथ’, ‘४८ न्युज’ लगायत च्यानलहरु रहेका छन्।
पाकिस्तानबाट सञ्चालित भारतविरुद्ध गलत सूचना दिने र अफवाह फैलाउने ती च्यानलाई सरकारले बन्द गरेको भारतीय मिडियामा खबर छ।
प्रतिक्रिया दिनुहोस्