२०८० सम्ममा सम्पूर्ण नेपालीको घरमा विद्युत् पुर्‍याउने कुलमानको घाेषणा

मंगलबार, काठमाण्डु । नेपाल विद्युत् प्राधिकरण स्थापना भएको ३६ वर्ष पुगेको छ । २०४२ भदौ १ गते स्थापना भएको प्राधिकरणले आज ३६औं वार्षिकोत्सव मनाउँदै छ ।

नेपाल विद्युत् प्राधिकरण स्थापना भएको ३६ वर्ष पुगेको सन्दर्भमा केही दिनअघि मात्र दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति पाएका कुलमान घिसिङले गत वर्ष भएका उपलब्धि, भइरहेका काम र आगामी योजना समेटेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।

frontline

उनले  वि सं २०८० सम्ममा सम्पूर्ण नेपालीको घरघरमा विद्युत् पुर्‍याउने घाेषणा गरेका छन् ।  उनले भनेका छन्, ‘संवत् २०८० सालभित्र देशका सबै जनसंख्यामा विद्युतको पहुँच पु¥याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ ।’

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट परीक्षण उत्पादन गर्न सकेकोमा हाल ६ वटै यु्निटबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनु निकै उपलब्धीपुर्ण भएको घिसिङको भनाइ छ ।

अहिलेसम्म देशको कूल जनसंख्याको ९० प्रतिशत नागरिकसम्म आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बन्दाबन्दी र निषेधाज्ञाले नियमित मिटर रिडिङ र विद्युत् चुहावट नियन्त्रण गर्ने कार्य प्रभावित हुन पुग्यो । जसका कारण गत वर्ष १५.२७ प्रतिशत रहेको विद्युत् चुहावट आ.व. २०७७/७८ मा १७.१८ प्रतिशत हुन गएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here