१ सय ६२ नगर प्रहरी थप्दै काठमाडौं महानगर

२७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १ सय ६२ जना नगर प्रहरी थप्ने भएको छ । महानगरपालिकाले टेण्डर आह्वान गरेर करारमा नगर प्रहरी थप्न लागेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार निजी सेक्युरिटी कम्पनीहरु मार्फत पुर्व सेना, प्रहरी, प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत आह्वान भईसकेको छ ।

frontline

यसअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन)ले राष्ट्रिय सभा गृहमा नगरप्रहरीहरुलाई नेपाल प्रहरीको भन्दा अब्बल काम गरेर देखाउन निर्देशन दिएका थिए ।

नगरप्रहरीलाई नेपाल प्रहरी भन्दा फरक दृष्टिकोणले हेर्ने गरेको भन्दै शारिरीक रुपमा फिटनेस, आर्थिक पारदर्शिता र प्रभावशाली व्यक्तित्व बनाउन निर्देशन दिएको एक नगर प्रहरी अधिकृतले बताए । महानगरले अहिले १ सय ७३ नगर प्रहरी कार्यरत रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here