१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ

–दिलकुमार लिम्बु

फुङ्लिङ, २८ असोज (रासस)ः ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् ।

frontline

नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन् । नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ ।

नेपालका दार्चुला जिल्लादेखि भारतको दार्जिलिङ र सिकिमसम्मका तीर्थ यात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो ।

नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन (आज)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्रको पहिलो दिन अर्थात् बुधबार २५० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीले जनाएको छ । बिहीबार आठ सय २५, शुक्रबार एक हजार ६५५, शनिबार छ हजार २५, आइतबार एक हजार एक सय ९५, सोमबार दुई हजार, मङ्गलबार दुई हजार दुई सय र आज एक हजार एक सय जान तीर्थ यात्रीहरुले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताउनुभयो ।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर गत महिनादेखि मात्र पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो ।

पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरुको चहलपहल बढ्न थालेको हो । पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको भीडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री सहयोगीहरु उत्साहित भएको छ । –––

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here