१७ दिनदेखि बेपत्ता बालक मृत फेला

१४ पुस, कुश्मा ।  विगत १७ दिनदेखि बेपत्ता बनेका एक बालक मृत फेला परेका छन् । गत मंसिर २४ गते घरबाट गोरु चराउन हिँडेका पर्वतको मोदी गाउँपालिका-६ तिलाहारका १२ वर्षीय सन्देश लामिछाने मंगलबार साँझ मृत भेटिएका हुन् ।

पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार गोरु चराउन गएका उनी घर नफर्किएपछि गाउँलेहरुले खोजी गरिरहेका थिए । 

frontline

मंसिर २४ गते दिउँसो घरबाट गोरु फुकाएर चराउन निस्किएका बालक सोही दिन बेलुका गोरु फर्किएको र उनी नफर्किएपछि गाउँलेहरुले खोजी शुरु गरेका थिए । तर, फेला नपरेपछि डिमुवा प्रहरी कार्यालयमा २७ मंसिरमा खबर गरेका थिए ।

प्रहरी नायब उपरिक्षक बुढाथोकीका अनुसार सुस्त मनस्थिति र बोलीमा समस्या भएका कारण उनको उद्धार समयमा हुन नसकेको हो ।

‘बोल्न सकेको भए खोजीमा जाने व्यक्तिहरुले पत्ता लगाउन सहज हुन्थ्यो,’ बुढाथोकीले भने, ‘बोल्न नसकेपछि कतै झाडीमा अल्झिएर यत्तिकै बेपत्ता भएपछि जंगली जनावरले फेला पारेको हुनुपर्छ ।’ 

जंगली जनावरले शरीरका विभिन्न अंग खाएको अवस्थामा शव फेला पारेको उनले बताए । बालक रात्माटा र दराकको बिचमा पर्ने खोपी भन्ने स्थानमा मृत भेटिएका हुन् । उनको मृत्युको यथार्थ विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here