१६ महिने बालकको धारिलो हतियार प्रयोग गरी हत्या

२८ पुस, स्याङ्जा  स्याङ्जामा १६ महिने बालकको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार सिर्सिबोट घर भएका रनमाया गुरुङको १६ महिने छोरा साइमनको हत्या भएको हो ।

frontline

गुरुङ परिवार हाल वालिङ नगरपालिका–१२ मा बस्दै आएका थिए । साइमन गुरुङको हत्या आरोपमा सोही घरमा डेरा बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

मृतककी दिदी ५ वर्षकी बालिकालाई पनि जितेन्द्रले आक्रमण गरी घाइते बनाएको प्रहरीको भनाइ छ । घटनाको रहस्य भने खुल्न सकेको छैन ।

मृतकको घाँटीमा गम्भीर रुपमा चक्क प्रहार गरिएको प्रहरीको भनाइ छ । साइमनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here