१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेकोमा एकजना पक्राउ, एक फरार
२५ कार्तिक, काठमाडौं । धनुषामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । शहिदनगर नगरपालिका-४ ननुपटी बस्ने २७ वर्षीय बिजय मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मुखिया र सोही ठाउँ बस्ने २८ वर्षीय संजय साह समेतले ती किशोरीलाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो ।
हाल फरार साहको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्