१५ महिनापछि स्मार्ट लाईसेन्स छाप्न सुरु

१५ पुस, काठमाडौं । १५ महिनापछि पुस १३ गते मंगलबारबाट स्मार्ट लाईसेन्स (चालक अनुमतिपत्र) को पुनः छपाई थालिएको छ ।

तीन साता अघि १४ लाख कार्ड आएसंगै यसको छपाई सुरु गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा यातायात व्यवस्था विभागबाट छपाई सुरु गरिएको हो ।

frontline

नया“ तथा पुरानो ७ लाख स्मार्ट लाइसेन्स छाप्न बा“की छ । कार्ड समयमै आपूर्ति नहु“दा छपाई र वितरणमा ढिलाई भएको थियो ।

अब दैनिक ७ देखि १० हजार कार्ड छापिने छ । माघमसान्त सम्म पुरानो बा“की कार्ड छापेर सक्ने विभागको भनाइ छ ।

छापेका कार्ड देशभरका २१ वटा यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here