१४ सय झोलुङ्गे पुल, तीन हजार किमी पक्की सडक निर्माण विज्ञ गजेन्द्र थपलिया

उहाँले  तीन वर्षको कार्यकालमा एक हजार ४ सय २३ वटा झोलुङ्गे पुल निर्माण भएको बताउनुभयो । वि.सं २०२१ मै सस्पेन्सन् ब्रिज डिभिजन स्थापना भएर पुल निर्माणको काम अघि बढेको थियो देशभरमा हाल अाठ हजार ६0१ वटा झोलुङ्गे पुलहरु छन् । जसमध्ये चौध सयभन्दा बढी झोलुङ्गे पुल वर्तमान सरकारको तीन वर्षको कार्यकालमा थपिएको हो । यस्तै सरकारको तीन वर्षको कार्यकालमा तीन हजार २७ किलोमिटर पक्की सडक निर्माण भएको प्रधानमन्त्रीका पूर्वाधार विज्ञ थपलियाले जानकारी दिनुभयो । यसैगरि, तीन वर्षमा १ सय ३३ मेगावट विद्युत् उत्पादन भएको छ भने अपर तामाकोशीबाट ४ सय ५६ मेगावट जोडिने अवस्थामा रहेको छ ।

तुइन विस्थापित

frontline

देशमा १ सय ७१ वटा तुइन रहेको सबै तुइन विस्थापित हुने अवस्थामा पुगेका छन् । जसमा १३० स्थानमा झोलुङ्गे पुल र केही स्थानमा पक्की पुलहरु निर्माणाधधीन छन् । मध्यपहाडी लोकमार्गले २६ जिल्ला र हुलाकी राजमार्गबाट २१ जिल्लामा प्रत्यक्ष लाभ पुगेको छ भने आमनागरिकको जनजीविका फेरिएको अवस्था छ । यसैगरि २०७२ को भूकम्पले क्षतविक्षत बनाएको पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको पुननिर्माणको काम पनि स्पिड अपमा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘म बनाउछु मेरो धरहरा’ भन्ने नाराले पनि साकार रुप लिदैछ, धरहराको २२ तलाको पुननिर्माण सम्पन्न भएको छ । सरकारको पूर्वाधार विकासको काममा आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

समस्या के छन् ?

देशको पूर्वाधार विकासको क्षेत्रमा दक्ष जनशक्तिको अभाव भने हुने गरेको प्रधानमन्त्रीका पूर्वाधार व्यवस्थपन विज्ञ गजेन्द्र थपलिया बताउनुहुन्छ । यस क्षेत्रमा थप छिटो, छरिटो र गुणस्तरीय प्रतिफल हासिलका लागि जनशक्ति विकासका काममा पनि सरकारले ध्यान दिइरहेको उहाँले बताउनुभयो । यससँगै सरकारले रुपान्तरणकारी आयोजना पनि अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here