११ दिनअघि हिउँ खेल्न निस्केका बारपाकका दुई किशोर मृत भेटिए

२ फागुन, गोरखा । ११ दिनअघि हिउँ खेल्न घरबाट निस्केका बारपाक गाउँका दुई किशोरहरु आइतबार मृत भेटिएका छन्।

बारपाक गाउँका १६ वर्षीय करण घले र १६ वर्षकै साहिँला घलेको शव स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले साँझ ५ बजेतिर बारपाकभन्दा पर भुनेखर्क भन्ने ठाउँमा फेला पारेको सोही टोलीका जीतबहादुर घलेले जानकारी दिए।

frontline

‘बाटोबाट करिब एक सय फिट तल खसेको अवस्थामा दुवै जना भेटिए,’ घलेले भने, ‘त्यसपछि हिउँले पुरिएर हराइरहे। अहिले बल्ल हिउँ पग्लिँदै गएर देखियो।’

शवलाई साँझ गाउँमा ल्याइएको उनले बताए। गत माघ २० गते हिउँ खेल्न गएका उनीहरु ११ दिनदेखि बेपत्ता थिए।

उनीहरुको खोजीमा दैनिक प्रत्येक घरबाट एकजनाका दरले सयौँजना सक्रिय थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here