१०० दिने रोजगारीका लागि ५२ लाख विनियोजन

कुमाख गाउँपालिकाले न्यूनतम रोजगारीका आवेदन माग गरेको छ । गाउँपालिकाले बेरोजगार युवाहरुलाई आर्थिक वर्ष २०८१/०८२ का लागि आवेदन माग गरेको हो । 

रोजगारीको हक सम्बन्धी ऐन २०७५ को दफा ११, नियमावली २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ बमोजिम आर्थिक वर्ष २०८१/८२ मा रोजगारको लागि आवेदन खुलाएको छ ।

frontline

गाउँपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्युनतम रोजगारीमा संलग्न हुन आह्वान गरेको रोगजार संयोजक जिवन शर्माले जानकारी दिए । एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारमा संलग्न नभएका, नेपाल सरकारले तोकेको न्युनतम पारिवारिक आय वार्षिक ६६ हजार ८०० भन्दा कम रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार युवाले आवेदन दिन सकिने उनले सुनाए ।

संयोजक शर्माकाअनुसार ३०० जना युवाहरुलाई १०० दिने रोजगार दिने लक्ष्य गाउँपालिकाको रहेको छ । फागुन मसान्तभित्रमा सम्बन्धित वडा कार्यालयमा बेरोजगारको सूचिकृत हुन आवदेन दिन सकिने गाउँपालिकाकफ सूचनमा उल्लेख छ । साथै विकास निर्माणका काममा योगदान गर्न युवाहरुले पालिकाको वेवसाइट वा प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाइटबाट डाउनलोड गरेर आवेदन दिन सकिने संयोजक शर्माले बताए । 

यसका लागि गाउँपालिकाको साझेदारीमा निर्माण सामग्रीका लागि २८ लाख रुपैयाँ र युवा रोजगारलाई ज्याला भनेर ५२ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

३ स्थानिय

poster-here