१०० अंकले घट्यो नेप्से परिसूचक

१ फागुन, काठमाडौं । निक्षेपको व्याजदर बढाउने बैंकहरुको भद्र सहमतिको असर सेयर बजारमा देखिएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

frontline

आइतबार १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

समग्रमा ३.६१ प्रतिशतले घटेको बजारमा परिसूचक १०० दशमलव ६७ अंकले घटेर दुई हजार ७ सय दशमलव ८९ अंकमा झरेको छ ।

आइतबार दोस्रो बजारमा ८१ हजार ८३७ कारोबारमार्फत एक करोड १६ लाख ६१ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख हाराहारी रह्यो ।

आइतबार बजारबाट धेरै गुमाउनेमा माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ता छन् ।

यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here