हैजा प्रभावित क्षेत्रका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुग्यो

२९ कार्तिक, काठमाडौं । नेपालको हैजा प्रभावित क्षेत्रका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार  ‌’ओरल कलेरा भ्याक्सिन’ कतार एयरलायन्सको विमानबाट नेपाल आइपुगेको हो।

frontline

यो खोप कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका मानिसलाई लगाइने प्रवक्ता डा. पौडेलले जानकारी दिए।

उक्त खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। 

पौडेलका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल आइपुगेको हो। यो खोप सनोफी हेल्थ केयर इन्डियाले बनाएको हो। 

विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको उक्त खोप युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here