हेटौंडा राप्तीपुल नजिकैको शंकास्पद वस्तु नेपाली सेनाले गर्यो डिस्पोज
२ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१० राप्तीपुल नजिकै फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज (निस्कृय) गरेको छ ।
प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई शुक्रबार बिहान नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
फेला परेको शंकास्पद वस्तुमा कुनै पनि बिस्फोटक पदार्थ नभेटिएको प्रवक्ता कार्कीले बताए । निर्वाचन नजिकिँदै गर्दा शंकास्पद रुपमा सडकमा प्रेसर कुकर देखेपछि स्थानीय त्रसित भएका थिए ।
मकवानपुरमा सबै मतदान केन्द्रहरुमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताउँदै प्रवक्ता कार्कीले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आम मकवानपुरवासीलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्