हेटौंडामा मेयर उपमेयर दुवैमा गठबन्धनको अग्रता

३१ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मिनाकुमारी लामाको अग्रता कायम रहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना कार्य भइरहेको छ ।

frontline

हालसम्म ९०० मत गणनाहुँदा सत्तारुढ गठबन्धनले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ । हालसम्म सत्तारुढ गठबन्धनतर्फ मेयरकी उम्मेदवार मीना लामाले १० मतले अगाडि रहेकी छन् ।

हालसम्म गठबन्धनले २८३ मत प्राप्त गरेको छ । उनलाई एमालेले पछ्याइरहेको छ ।

एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले २७३ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँले ४१८ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले ३१९ र राप्रपाकी इन्दिरा न्यौपानेले ६१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका प्रमुखका लागी १८ जना चुनावी मैदानमा छन् । त्यस्तै उपमेयरका लागि ९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

हेटौडा उपमहानगरपालिकामा कुल १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेकोमा १९ वटा वडाहरुका ७४ हजार १ सय ८५ जनाले मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here