हेटौँडा उपमहानगरको नीति तथा कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित
२० असार, वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ ।
उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो ।
उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यान्वयनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो ।
नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरू तथा नयाँ योजनाहरू पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताए ।
यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरूलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्