हृदयेन्द्रको जुम्ला ‘भ्लग’ बारे माओवादी सांसद लामाको कडा टिप्पणी

समाचार सारांश

  • नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले पूर्व युवराज हृदयेन्द्रको जुम्ला भ्लगप्रति असन्तुष्टि जनाइन्।
  • सांसद लामाले शाहको ‘भ्लग’ ले जुम्लालाई चिनाउन नसक्ने र राजतन्त्रको आलोचना गरिन्।
  • लामाले शाहको वंशले देशलाई कंगाल बनाएको आरोप लगाउँदै, अन्य ब्लगरको योगदानको प्रशंसा गरिन्।

काठमाडौँ । पूर्व नवयुवराज हृदयेन्द्र वीरविक्रम शाहको ‘जुम्ला भ्लग’लाई लिएर नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि पोखेकी छिन् । जुम्लाको पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले बनाइएको शाहको ‘भ्लग’लाई लिएर लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि पोखेकी हुन् ।

frontline

शाहको ‘भ्लग’ ले यतिबेला निकै चर्चा पाएको छ । सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ समाचार प्रकाशित गरिरहेको बेला उनले शाहले जुम्लामा प्रवेश गर्नु अपवित्र भएको टिप्पणी गरेकी छिन् । 

संघीय प्रतिनिधिसभामा जुम्लाबाट प्रतिनिधित्व गरेकी लामाले देशलाई शाहकै जिजु बाजेहरूले नै कंगाल बनाएको आरोप लगाएकी छिन् । दरबारमा भोटे कुकुरका छाउरा हुर्केझैँ ऐस आरामले हुर्केकाले जुम्लालाई चिनाउन आवश्यक नभएको लामाले आक्रोश पोखेकी छिन् । 

#हृदयेन्द्र वीरविक्रम शाह #जुम्ला# हृदयेन्द्र शाह #राजनीति

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here