हुस्सु र शीतलहरका कारण तराईको जीवन कष्टकर
८ पुस, सर्लाही । बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । शुक्रबार बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ ।
बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो ।
एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो तर, बिहीबारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ ।
चिसोले पराल ओछ्याएर सुत्न बाध्य मुसहर, चमार, डोम, हलखोर, पासमानलगायत दलित तथा अतिविपन्न परिवार चिसोबाट बढी प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्