हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु

श्रोत : ईन्टरनेट

१५ पुस, सिमकोट । हुम्लाको सिमकोट विमानस्थलको हिउँ पन्छाइएसँगै नियमित हवाई उडान सुरु भएको छ ।

हुम्लालाई अरु जिल्लासँग जोड्ने एकमात्र यातायात हवाई सेवा हिमपातका कारण प्रभावित भएको थियो ।

frontline

बुधबारदेखि प्रभावित विमानस्थल हिउँ पन्छाइएसँगै बिहीबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडीबुटी व्यवसायी हुम्लाको पहलमा विहीबार बिहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको जडिबुटी व्यवसायीक संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।

विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, जिल्लाका व्यवसायीहरूको संलग्नतामा जमेको हिउँ पन्छाइएको हो ।

सिमकोट विमानस्थल र एप्रोनमा जमेको हिउँ पन्छाएपछि बिहीबार बिहानबाट हवाई सेवा सुचारु भएको छ ।

हुम्लाको सदमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको थियो भने उत्तरी क्षेत्रमा झण्डै चार फिट बढी हिउँ जमेको थियो ।

मौसममा सुधार आएलगत्तै सीता एयरले नेपालगञ्जबाट पहिलो उडान भरेको थियो । त्यस लगत्तै तारा र समिट एयरका जहाजले पनि उडान भरेका थिए ।

हवाई सेवा सुचारु भएपछि सिमकोटमा रोकिएका यात्रु तथा जडिबुटी ढुवानी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here