हुथी विद्रोहीले गरे साउदीमा ड्रोन आक्रमण, तेल कम्पनी निशानामा

६ चैत्र, यमन । हुथी विद्रोहीले शनिबार साउदी अरबको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ। हमलामा तेल कम्पनी अरामको एक इकाईलाई पनि निशाना बनाइएको थियो।

समाचार एजेन्सी एफपीका अनुसार यमनमा विद्रोहीसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले आक्रमणको जानकारी दिँदै विज्ञप्ति जारी गरेको छ।

frontline

यद्यपी यस हमलामा कुनै पनि जनधनको क्षति भएको छैन। हुथी विद्रोहीले यस क्षेत्रमा ड्रोन र मिसाइल आक्रमण जारी राखेका छन्।

अराम्कोको इकाई बाहेक, विद्रोहीहरूले अल-जनबको पावर स्टेशन अल-शकिकमा रहेको डिसेलिनेशन प्लान्टमा पनि आक्रमण गरेका थिए।

एसपीएले केही भिडियो र तस्बिरहरू पोस्ट गरेको छ जसमा अग्निनियन्त्रकहरूले आगो निभाउँदै गरेको देखिन्छ।

चौथो लक्ष्य खामिस मुशैतको ग्यास स्टेशन थियो। आक्रमणपछि यी ड्रोनहरूलाई यमन नजिकै खसालिएको थियो।

साउदीको राजधानी रियादमा रहेको तेल प्रशोधन केन्द्रमा पनि हुथी विद्रोहीले मार्च १० मा ड्रोनबाट आक्रमण गरेका थिए।

 यो हप्ता मात्रै, हुथी विद्रोहीले यमन संकटमा वार्ताका लागि छ खाडी देशले राखेको प्रस्ताव अस्वीकार गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here