“हिमाल बाट हिउ पग्लि “


काठमाडौं । राष्ट्रिय भावनाले ओतप्रोत, भएको गीत सार्वजनिक भएको छ । रचनाकार चिन्तामणी सिवाकोटीद्वारा रचित यस गीतमा हिमाल पहाड र तराइलाई एउटै मालामा उनी राष्ट्रियताको प्रतिक मानिएको छ ।

सबै जाती, भुगोलका जनतालाई उठ्न हौसला दिने यस गीतले समाबेशिताको खाका तयार पारेको छ ।

frontline

दाजु- भाई समाज मिल्नुपर्छ र शहर जस्तै, गाउँ गाउँ बत्ती बाल्नु पर्ने कुरालाई जोड दिईएको छ । चुरे- लेक बेसिको सम्बन्ध र यसले जोड्ने सम्बन्धको गाथालाई रचनाकारले बढो मार्मिक रुपमा केलाएका छन।

बहु भाषा बहु धर्म लाई एकताको डोरी समान पहुन्च र समान हक को आवाज उठाउदै छुवाछुतको कुरितिलाई हटाउनु पर्ने गीतमा जोड दिईएको छ ।

गायक प्रमोद खरेल र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतमा लोकप्रिय संगीतकार सुरेश अधिकारीको संगीत सम्योजन रहेको छ।

बहु-कलाकारलाई लिएर बनाईएको यस गीतको भिडियोमा कलाकारहरु आकाश अधिकारी र निता ढुंगानाको अभिनय देख्न सकिन्छ।

गीतको भिडियो निर्देशक आकाश अधिकारीद्वारा निर्देशन् गरिएको छ, भने अहिले सम्म यो गीत यूटुबमा १६ हजार बढीले हेरी सकेका छन । गीतलाई ओ एस् आर डिजिटलको च्यानलबाट प्रसारण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here