हिन्दुराष्ट्र पुनर्स्थापना गर्न भन्दै राप्रपाले सुरू गर्‍यो आर्थिक सहयोग संकलन अभियान सुरू

२ भदौ, काठमाडौं । हिन्दुराष्ट्र पुनर्स्थापना गर्न भन्दै राप्रपाले आर्थिक सहयोग संकलन अभियान सुरू गरेको छ।

हिन्दु राष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन आजदेखि ‘कोष वृद्धि’ अभियान सुरूवात गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

frontline

काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन्।

सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको उनले बताए।

राप्रपाले महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक धवलशमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउनेछ।

यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ। कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ-सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सक्ने उनले बताए।

अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ। बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने उनले बताए।

प्रवक्ता श्रेष्ठले आजै एक करोड सहयोगबारे प्रतिवद्धता आएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here