हितेन्द्रदेवले सर्वोच्चमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदै

बुधबार, काठमाण्डु । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ ।

शाक्यले घिसिङको नियुक्ति बदरको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

frontline

कार्यकारी अधिकृत घिसिङविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।

शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

साथै उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो । तर उनी सर्वोच्च पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here