हाइटीमा अपरहण गरिएका १६ अमेरिकीसहित एक क्यानडियनलाई मार्ने धम्की

५ कार्तिक, हाइटी : हाइटीमा अपरहण गरिएका १६ अमेरिकीसहित एक क्यानडियनलाई अपहरणकारीले मार्ने धम्की दिएका छन्। बिहीबार मावोजो नामक ग्याङका नेता विल्सन जोसेफले भिडियो सन्देशमार्फत फिरौती नदिए अपहरण गरिएका सबैलाई मार्ने धम्की दिएका हुन्।

सामाजिक सञ्जालमा भिडियो राख्दै जोसेफले माग पूरा नभए ती अमेरिकीको टाउकोमा गोली हान्ने बताएका छन्। ‘यदि मैले मागेको कुरा पूरा गरिएन भने यी अमेरिकीको टाउकोमा गोली हान्छु’, जोसेफले भनेका छन्।

frontline

अलजजिराका अनुसार बन्दी बनाइएकालाई मुक्त गर्न सो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर माग गरेको छ। सो माग पूरा नभए सबैलाई मार्ने ग्याङले धम्की दिएको हो।

इसाई धर्मको प्रचारमा पोर्टउ–प्रिन्सबाहिर ग्रामीण क्षेत्र जाने क्रममा उनीहरू शनिबार अपहरणमा परेका थिए। अपहरण हुनेमा १६ जना अमेरिकी नागरिक रहेका छन् भने एक जना क्यानडाका नागरिक रहेका छन्। जसमध्ये आठ महिने शिशुसहित पाँच जना बालबालिका रहेका छन्।

इसाई धर्मका प्रचारकहरू अपहरणमा परेपछि अक्टोबर १८ मा हाइटीका मजदुरहरूले असुरक्षा भएको भन्दै प्रदर्शनसमेत गरेका थिए। विभिन्न ग्याङहरूको हिंसात्मक गतिविधिले सुरक्षा महसुस नभएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here