हलुवाबेद, नास्पाती र दाते ओखरका विरुवामा अनुदान

धुनिवेशी नगरपालिकाले अनुदानमा हिउँदे फलफूलको विरुवा वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा फलफूलको विरुवा वितरण गर्ने जनाएको छ । 

आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाले विनियोजन गरेको बजेटबाट अनुदानमा जापानिज हलुवाबेद, जापनिज नास्पाती र दाते ओखरका विरुवा वितरण गर्न लागिएको सूचनामा उल्लेख छ । 

frontline

हिउँदे विरुवा रोप्न इच्छुक स्थानीय कृषकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here