हरेक वर्ष बढ्दैछन् क्यान्सरका नयाँ बिरामी, कुन धेरै ?
२५ असोज, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ। अस्पतालले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार अस्पतालमा आउने नयाँ बिरामीहरूमध्ये क्यान्सर रोग प्रमाणित हुने दर बढ्दै गएको देखिन्छ।
अस्पतालका डा. सुशील अधिकारीका अनुसार सन् २०२५ मा अस्पतालको बहिरङ्ग विभाग (ओपीडी) मा आएका २७ हजार २४३ जना नयाँ बिरामीमध्ये ६ हजार ८५८ जनामा क्यान्सर रोग लागेको पुष्टि भएको थियो। सन् २०२४ मा आएका ३१ हजार ५६० नयाँ बिरामीमध्ये ७ हजार ९ जनामा क्यान्सर रोग लागेको देखिएको थियो






प्रतिक्रिया दिनुहोस्