हत्या आरोपमा तीन जना पक्राउ गरेर सार्वजनिक

१७ जेठ, काठमाडौं । प्रहरीले हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । दुई साता पहिले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–८ स्थित बराम्चे घर भएका ३५ वर्षीय जीवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा प्रहरीले मकवानपुर बाग्मती गाउँपालिका फापरबारी कान्छामान ठोकर, दीपक वाइबा र ललितपुरको गोदावरी नगरपालिका ६ स्थित लेले घर भएकी गायत्री नगरकोटीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।  

सो कार्यालयका प्रवक्ता कृष्णप्रसाद कोइरालाका अनुसार गत वैशाख २८ गते काठमाडौंको नयाँबजार विष्णुमती पुल नजिकको ‘बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा’ परिसर भित्र रहेको भवनको कोठामा कान्छा लामा तामाङको हत्या भएको खुलेको छ ।

frontline

अभियुक्तहरुले टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको कोइरालाको भनाइ छ ।  

हत्या पश्चात मृत शवलाई उनीहरुले विष्णुमती खोलामा फालेकामा जेठ ५ गते दक्षिणकालीको पावर हाउस नजिक बाग्मती नदी किनारमा भेटिएको थियो । 

अनुसन्धानको क्रममा सुरुमा कान्छामान ठोकर र गायत्री नगरकोटी पक्राउ परेकामा उनीहरुको बयानको आधारमा दीपकलाई पनि प्रहरी टोलीले  सोमबार कलंकीबाट पक्राउ गरेको हो।

अभियुक्तहरुलाई आवश्यक कानुनी कारबाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here