हतियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिने

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा हतियारसहित प्रर्दशनमा उत्रिएकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिने भएको छ । 

महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले सुकुम्बासी बस्तीमा अनाधिकृत रूपमा बनाइएका टहरा हटाउन पुगेका काठमाडौं महानगरपालिकाको डोजरलाई स्थानीयले अवरोध गर्ने क्रममा अवैध रूपमा हातहतियारसमेत प्रहार गरेको बताए । उनले त्यस्ता अपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही नगरी आफूहरू सो क्षेत्रबाट नफर्किने बताए ।

frontline

सोमबार अपराह्नदेखि सो बस्तीमा स्थानीयले डोजर चलाउने कार्यमा अवरोध गर्दै ढुंगामुढासमेत प्रहार गरेपछि महानगर प्रहरी बलका प्रमुख पाण्डेसहित दर्जन बढी सुरक्षाकर्मी घाइते भएका छन ।

अपराधिक गतिविधिमा संलग्न भएकाहरूले स्थितिलाई तनावपूर्ण बनाएको भन्दै महानगर प्रहरी बलका प्रमुख पाण्डेले उनीहरूलाई नियन्त्रणमा लिने र कानुन बमोजिम कारबाही हुने बताए ।

यता स्थानीयले भने आफूहरूलाई कुनै विकल्प नदिई बस्ती हटाउन खोजेको भन्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिले गत मंसीर ४ गते भित्र अनाधिकृत रूपमा बनाइएको सो बस्तीको टहरा खाली गर्न निर्देशन दिएको थियो । तर सो निर्देशनको पालना नभएपछि बस्ती हटाउन डोजर परिचालन गर्नु परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here