स्वास्थ्य सम्बन्धी नीति,कार्ययोजना बनाउँदा नर्सको प्रतिनिधत्व गराउन गोनानको सरकारसँग माग

काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरुको संघ गोनानले स्वास्थ्य सम्बन्धी नीति तथा कार्ययोजना बनाउँदा नर्सको प्रतिनिधत्व गराउन सरकारसँग माग गरेको छ । हालको प्रस्तावित दरबन्दीमा सातौ तथा आठौं तहका नर्सलाई नर्सिङ अधिकृतका रुपमा राखिएको छ । 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको लागि प्रस्तावित दरबन्दी तेरिजमा जनरल नर्सको दरबन्दी नराखिएकोमा ध्यानाकर्षण भएको जनाउँदै आवश्यकता अनुसार दरबन्दी कायम गर्न गोनानले माग गरेको छ । 

frontline

गोनानका अध्यक्ष कल्पना श्रेष्ठले विज्ञप्ति निकालेर करीब दुई बर्ष देखि कोरोनाको प्रकोपमा जनरल नर्सिङको भूमिका अस्पतालहरूमा कति आबश्यक छ भन्ने कुरा प्रस्ट देखाउँदा देखाँउदै उक्त दरबन्दी राख्नपर्नेमा नियतबश छुटाएको भान भएको बताउनुभएको छ । 

‘ अस्पतालहरूमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार जनरल नर्सिङको दरबन्दी राख्नुपर्नेमा उल्टै नियत बस छुटाएको भान भएको छ र जनरल नर्सिङको चाँहिदो मात्रामा उत्पादन हुँदा हुदै पनि किन र के कारणले छुटेको हो या छुटाएको हो यसप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ साथै उक्त दरबन्दी तेरिजमा आवस्यकता अनुसार दरबन्दी उल्लेख गराइयोस्’, विज्ञप्तीमा भनिएको छ ।

सचिवमा प्रशासनको कर्मचारी राखिन लागिएको भन्दै यसअघि डाक्टर तथा स्वास्थ्यका कर्मचारीहरुले चर्काे विरोध गरेका थिए । त्यसपछि बागमती सरकारले प्रस्तावित दरबन्दी तेरिज सच्च्याउँदै सचिवमा स्वास्थ्य सेवा तर्फकै दरबन्दी कायम गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here