स्वास्थ्य मन्त्रीद्वारा प्रादेशिक अस्पताल गौरको छड्के अनुगमन
मेवालाल यादव ,
२१ , रौतहट
मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले रौतहट जिल्लामा रहेको प्रादेशिक अस्पताल गौरको छड्के अनुगमन गर्नुभएको छ।
उहाँले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको अवस्था, अस्पतालको औषधालय लगायतको अनुगमन गर्नुभएको भयो ।प्रादेशिक अस्पताल र सर्वसाधारणको उपचारमा परेका समस्याको विषयमा उहाँहरूले जानकारी लिनुभयो ।
अस्पतालमा उपचार गरिरहेका सर्वसाधारणका समस्या, गुनासो सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्या समाधान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले बताउनुभयो । प्रादेशिक अस्पताल गौरमा स्वास्थ्यकर्मी तथा सेवा सुबिधामा समस्या बढेको उल्लेख गर्दै उहाँले प्रादेशिक अस्पताल गौरमा १५ दिन भित्रमा पनि त्यस्ता समस्यालाई समाधान गर्ने प्रतिबद्धता दिनु भयो।
मन्त्री सिंहले गरिब परिवारका लागि १० प्रतिशत शय्या निःशुल्क रूपमा प्रयोग गर्ने वातावरण तयार गर्न निर्देशन दिनुभयो ।प्रादेशिक अस्पतालको केहि डाक्टर र कर्मचारीले सेवा ग्राहक संग कमिसन लिनको लागीका बाहिर पढाएमा त्यसलाई जरिवानाका साथै कार्वाही गर्ने चेतावनीसमेत दिएका छन ।सो छड्के अनुगमनमा इशनाथ नगरपालिकाकि नगर प्रमुख प्रत्याशी अन्जु झा,प्रादेशिक अस्पताल गौरको ब्यवस्थापन समिति अध्यक्ष मो. अनवर हासमी, स्वकिय सचिव निकेश तिरपाठि,मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संजिव कुमार सिंह , मधेश प्रदेशको आपुर्ति व्यवस्थापनका डा. नागेन्द्र प्रसाद यादव लगायतसन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्