स्वास्थ्य मन्त्रीद्वारा १९ दिने कामको प्रगति विवरण सार्वजनिक

काठमाण्डु । निर्वतमान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले १९ दिने कामको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार सर्वोच्च अदालतले नवनियुक्त २० जना मन्त्रीलाई पदमुक्त गरेको थियो ।

frontline

जसमा तामाङपनि परेका छन् । मन्त्रीबाट बाहिरिएका तामाङले १९ दिने कार्यविवरण सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा चार वटा काम गरेका छन् । तामाङले कोरोना नियन्त्रण र खोप ल्याउने सबै प्रकृया भई केही दिनमा नै खोप आउने सुनिस्चित भएको बताएका छन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी आफू लिने बताएका छन् ।

उनले भनेका छन्, ‘यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ ।

राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन ।’

यस्तो छ तामाङको १९ दिने कार्यप्रगति

१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको ।

(यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन ।)

२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।

४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here