स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीले ३ दिनभित्र सम्पति विवरण सार्वजनिक गर्न निर्देशन

२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका कर्मचारीहरुले ३ दिनभित्र २०७७ ७८ भित्रको सम्पति विवरण सार्वजनिक गर्नु पर्ने भएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभिन्न कर्मचारीहरुको सम्पति विवरण माग गरेको हो ।

frontline

जसअन्तर्गत विभाग, प्रतिष्ठान, केन्द्र,अस्पताल तथा परिषदमा कार्यरत कर्मचारीहरुले सम्पति विवरण सार्वजनिक गर्नुपर्नेछ ।

मन्त्रालयले निकालेको सुचनामा निजामति कर्मचारीहरुले भने सम्पति विवरण बुझाउनु पर्ने भनिएको छैन ।

अस्थायी, स्थायी, करार र ज्यालादारी कार्यरत कर्मचारीहरुले भने अनिवार्य सम्पति बुझाउनु पर्ने व्यहोरा उल्लेख गरिएको छ ।

अब सम्बन्धित कर्मचारीहरुले आजको मितिबाट ३ दिनभित्र मन्त्रालयको आन्तरिक प्रशासन साखामा प्राप्त हुनेगरी विवरण पठाउनु पर्नेछ ।

सूचना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here