स्वास्थ्य बिमा बन्द होइन, सुधार र व्यवस्थित सञ्चालनको खाँचो
स्वास्थ्य बिमा सुबिधा बन्द होइन, व्यबस्थित संचालन गर्नुपर्छ, समाधान हुनेछ।
स्वास्थ्य बिमा भनेको हामीले निश्चित प्रीमीयम दिएर हामीलाई नै उपचारको लागि सरकारले कोष मार्फत तिरिदिने व्यवस्था हो, नि:शुल्क होइन। त्यसो हो भने नागरिकको सरकारले नेपालको संविधानले तोकेको नि:शुल्क स्वास्थ्य सेवाको बिकल्प के देला त ?
यो स्वास्थ्य बिमा सेवा बन्द गर्नु हुंदैन, स्वास्थ्य बिमा बोर्ड खारेज गरेर बिमा समिति अन्तर्गत संचालित जीवन बिमा कम्पनीहरुबाट अनिवार्य स्वास्थ्य बिमा गराउनुपर्छ, बिमा शुल्क पनि तिर्न नसक्ने परिवारको बिमा शुल्क स्थानीय सरकार मार्फत भुक्तानी हुनुपर्छ। यो बिधि अप्नाएर यसरी नागरिकहरुको हितमा लागेको खर्च जीवन बिमा कम्पनीहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च लेखेर आयकर छुट हुने व्यवस्था मिलाउनुपर्छ। यसरी बिमा गरेपछि सरकारी अस्पताल र निजी पायक पर्ने सबै अस्पतालमा उपचार हुने व्यवस्था गरिनुपर्छ। निजी अस्पतालहरुले पनि यसरी बिमा सुबिधामा उपचार गर्दा सरकारी दर रेटमा वा सो दर रेटमा २०% सम्म थप गरेर बिमा कम्पनीहरुलाई चार्ज गर्ने व्यवस्था हुनुपर्छ। त्यसो भयो भने सबै पक्ष नागरिक प्रति उत्तरदायी हुनेछन।






प्रतिक्रिया दिनुहोस्