स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

frontline

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा के–के समेटिएको छ भन्ने खुलेको छैन । 

मन्त्री तामाङले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।

‘जोसुकै होस् सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।

नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

मन्त्री तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here