स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप दुर्घटना,एक जनाको मृत्यु, १५ जना घाइते

१४ साउन, बुटवल । प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ ।

शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 

frontline

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक सकुसल छन् । घाइतेहरुलाई थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here