स्वदेश फर्कनुअघि चिनियाँ पाहुना बसन्तपुरमा

चिनियाँ जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष (उपसभामुख) सिआओ ची नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । हिजोदेखि काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन समारोहमा सहभागी भएर उहाँ आज अपरान्ह काठमाडौंबाट चीन जानुभएको हो ।
१५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनुभएका सिआओले हिजो ललितपुर, आज बिहान भक्तपुर र दिउँसो काठमाडौं दरबार स्क्वायरको भ्रमण गर्नुभएको थियो । सगरमाथा संवादलाई सम्बोधन गर्नुभएका चिनियाँ उपसभामुखले प्रधानमन्त्री, सभामुख, उपसभामुखलगायत उच्च अधिकारीहरुसँग भेट गर्नुभएको थियो ।




उहाँसँगको भेटमा प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति पूर्णप्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्