स्रोत नखुलेको १ करोड ४४ लाख रकम सहित एक चिनियाँ नागरिक पक्राउ
पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रहरीले स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ नगद सहित चिनियाँ नागरिक वाङ जियनलाई पक्राउ गरेको छ।
- उनी काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित घरमा बसेका थिए ।
- प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
२४ असार, काठमाडौं । स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्