स्याङ्जा २ मा हालसम्म सुरु हुन सकेन मतगणना

फाइल तस्बिर

७ मंसिर, स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन ।

चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः मतदानको विषयले मतगणना अनिच्छित बनेको हो ।

frontline

नेपाली कांग्रेसले मंगलबारदेखि तुरुन्तै मतगणना सुरु गर्न भन्दै धर्ना दिइरहेको छ भने यता, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका पार्टीले पुनः मतदानको माग राखेर सोमबारदेखि आन्दोलन गरेका छन् ।

निर्वाचन कार्यलयले भने माथिको निर्णय नआएका कारण अहिले यसै भन्न सकिने स्थिति नरहेको जानकारी दिएको छ । अहिले वालिङ क्षेत्र नम्बर २ मा रहेको निर्वाचन कार्यालय बाहिर सुरक्षा व्यवस्थामा निकै कडाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here