स्याङ्जाको २ को मतगणना हुन सकेन

८ मंसिर, स्याङ्जा । निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा पनि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन। 

क्षेत्र नम्बर १ को प्रदेशसभा १ नतिजा सार्वजनिक भइसक्यो। प्रतिनिधिसमा र अर्का प्रदेशसभा सदस्यको नतिजा आउन थालिसकेको छ। तर, २ मा भने मतगणनामा अझै अन्योल छ। 

frontline

बिधिबत्रुपमा वालिङस्थित मतगणनास्थलमा मतपेटिका आइपुग्दा पनि मतगणना हुन नसक्दा मतदातामा नैराश्यता भएको छ।

चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा (एमाले) ले आरोप लगाउँदै पुनः मतदानको माग गर्दै चरणबद्ध रूपमा धर्नामा बसेको छ।

बिधिवत्रुपमा भित्रिएको मतपेटिकालाई प्रक्रिया सुरु गरी गणना गर्नुपर्ने भन्दै नेपाली कांग्रेस सहितका लोकतान्त्रिक बामगठबन्धन पनि धर्ना सहितको आन्दोलनमा छ।

चापाकोट नगरपालिकाका ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदलाय, चिठ्ठीपोखरी बुथमा कांग्रेसले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेर मतगणना रोकेको छ। एमालेले निर्वाचन आयोगमा उजुरी दर्ता गरेको जनाएको छ।

एमालेतर्फका उम्मेदवार पद्मा अर्यालले गठबन्धनले डरधम्की देखाउदै मतपत्र कब्जा गरेको आरोप लगाइन्। तर, कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना प्रक्रिया तत्काल अगाडि बढाउन माग गरेका छन्।

निर्वाचन कार्यालय वरपर दुवै दलले आआफनै अडान राखेर धर्ना दिदै आएका छन्। निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको एक गेटमा एमाले र अर्को गेटमा कांग्रेसले दिनभर विरोध कार्यक्रमसहित धर्ना दिएका छन्। 

‘निर्वाचन आयोगलाई सूचना पठाइसकेका छौं, आयोगले कुनै किसिमको निर्णय नपठाएका कारण मतगणना वा मतदान केही गर्न सकेनौं’, निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले भने। 

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा लोकतान्त्रिक बामगठबन्धन तर्फ कांग्रेसबाट धनराज गुरुङ र एमालेतर्फबाट पद्मा अर्याल प्रतिनिधिसभा सदस्य पदका प्रत्यासी हुन्। 

दुवै जना केन्द्रीय पदाधिकारी हुन्। गुरुङ कांग्रेसका केन्द्रीय उपसभापति र अर्याल एमालेका सचिव हुन्। अर्याल यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन भने गुरुङ २ पटक समानुपातिकतर्फबाट सांसद बनिसकेका छन्। उनको प्रत्यक्षतर्फ उनको पहिलो उम्मेदवारी हो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here