स्मार्ट सिटि निर्माण कम्पनीले आफ्नो कामबाट पन्छिरहेको हो: अध्यक्ष जनार्दन

साह मेवालाल यादव रौतहट ,५ चैत्र । रौतहट स्मार्ट सिटी कार्यक्रम अन्तर्गतको सडक निर्माण कम्पनीले सघन शहरी डिभिजन कार्यालय पर्सा,बिरगंजले दिएको काम गर्न बाट पछाडि हुँदै गएको जनगुनासो सर्विददै छ। रौतहटको सदरमुकाम गौर नगरपालिका स्थित सघन शहरी डिभिजन कार्यालय पर्सा अन्तर्गत स्मार्ट सिटी कार्यक्रम संचालन रहेको हुदा सन्तोष जनक काम न भएको नेपाली काङ्ग्रेस रौतहट जिल्लाको नेता एवं यसै नगरपालिका वडा नम्बर ८ का अध्यक्ष जनार्दन साहले गुनासो व्यक्त गरेका हुन। रौतहटको गौर नगरपालिका भित्र स्मार्ट सिटी कार्यक्रमले सडक निर्माणकार्य कतै बन्द छ त कतै सुरु भएको अवस्थामा रहेको हुदा वडा नम्बर ८स्थित हाईवे सडक दाल मिल्स देखी पुरेना आँखा अस्पताल हुँदै गएको सडक निर्माणकार्य अवरुद्ध अवस्थामा रहेको र निर्माणकार्य अगाडि बढाउन पटकपटक समन्वय तथा सहकार्य गर्न पहल गर्दा पनि डिभिजन कार्यालयको डि. एवं प्रोजेक्ट ईन्जिनियर अजय कुमार गुप्ता समेतले आनाकानी गरेको आरोप समेत वडा अध्यक्ष साहले लगाएका हुन् । स्मार्ट सिटी कार्यक्रम योजना अन्तर्गत वडा नम्बर ८ पुरेनवा श्री आधारभूत विद्यालय देखि वर्डा नम्बर ९ सिसवा गाउँ जोडने सडक निर्माण गर्ने निर्णय भएको र समयमै बनाउन कुनै संकेत निर्माण कम्पनीले न देखाएको उनले आरोप लगाएका छन् । नाला सहित सडक निर्माणकार्य निर्णय भए पनि निर्माण नहुदा जनताले सास्ती भोग्दै आइरहेको समेत गौर नगरपालिकाको मेयर अजय गुप्ता,डिभिजन कार्यालय पर्साको डि. र स्मार्ट सिटी कार्यक्रमका प्रोजेक्ट ईन्जिनियर अजय कुमार गुप्तालाई फोन,प्रत्यक्ष भेट गरेर ध्यानाकर्षण गराउदा पनि कुनै प्रतिक्रिया आएको उनले बताए। सडक निर्माण कम्पनीले गौर नगरभरी सडक निर्माण कतै बिच बाटै कतै अन्तिम बाट निर्माण गरिरहेको,कतै काम सुरु नगरेको उनले बताए। कम्पनीको नियत साफ देखिएको छ कि अधुरो काम गरेर निर्माण अवधी कागजमै पूरा गरि अन्यत्र जाने योजनालाई सफल हुन्न नदिने उनले भने। बिचमै सडक निर्माणकार्य छोडेर अन्यत्र गए त्यसको प्रतिकार गर्ने प्रतिबद्धता समेत उनले जनाए।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here