स्पेनमा पुलबाट बस नदीमा खस्दा ७ जनाको मृत्यु

१२ पुस, स्पेन । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो ।

लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर ९९८ फिट उचाइबाट तीव्र गतिमा बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् । खराब मौसमका कारण बस दुर्घटनामा परेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

frontline

बस चालकको रक्सी र लागूऔषध सेवन गरेको परीक्षण नेगेटिभ आएको उनीहरुले बताएका छन् । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here