स्पेनमा अण्डा र पिठो हानाहान गरेर २ सय वर्ष पुरानो परम्परागत पर्व मनाए
१७ पुस, आइवि । स्पेनको आइवि शहरका बासिन्दाले करिब २ सय वर्ष पुरानो परम्परागत पर्व मनाएका छन्। अण्डा र पिठो हानाहान गरेर उनीहरुले सो पर्व मनाएका हुन्।
‘एल्स एन्फेरिनाट्स’ नाम दिइएको सो पर्व विब्लिकल नरसंहारको सम्झनामा हरेक वर्ष डिसेम्बर २८ मा मनाउने गरिन्छ। सो पर्वमा नक्कली लडाई आयोजना गर्ने गरिन्छ। सो लडाईमा सहभागी मानिसहरुले एकअर्कालाई अण्डा र पिठोलगायत अन्य खानेकुराले हानाहान गर्ने गर्छन्।
सो पर्वमा सहभागीहरुले पटाका पड्काएर रमाउने पनि गर्छन्। सो पर्वमा अधिकांश विवाहित पुरुषहरु उपस्थित हुने गर्छन्। विवाहित पुरुषहरुको समुहलाई एल्स एन्फेरिनाट्स भनेर चिनिन्छ।
– दी एट्लान्टिकबाट
प्रतिक्रिया दिनुहोस्