स्थानीय र सुरक्षाकर्मीद्वारा लखनदेही नदीको बाँध मर्मतको काम शुरु

बिहीबार, जनकपुरधाम । लखनदेही नदीको बाढीले सर्लाहीको कौडेना गाउँपालिकामा क्षति पुर्‍याउने देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासी बाँध मर्मतमा जुटेका छन् ।

कौडेना गाउँपालिका ६ सक्रोलस्थित लखनदेही नदीको बाँध बाढीले कटान गरेको छ । कटानलाई रोकेर क्षति हुन नदिन सुरक्षाकर्मीसँग मिलेर स्थानीयवासीले बाँध मर्मतको काम शुरु गरेका हुन् ।

frontline

बाँध बाँध्ने काममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनता तटबन्ध कार्यालयका पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दा संलग्न रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले बताए ।

कटान गरिएको ठाउँलाई तत्कालै नियन्त्रण नगरिए कौडेना गाउँपालिका ६ र ७ मा पर्ने सक्रौल तथा शिबनगरका १ सय ५० भन्दा बढी घर र खेतीयोग्य जग्गामा क्षति पुग्ने आँकलन छ ।

सर्लाहीको लखनदेही नदीमा आउने बाढीले सदरमुकाम मलगंवासहित बिभिन्न ठाउँमा प्रत्येक वर्ष क्षति पुर्‍याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here