स्थानीय निकायले गरेका कामहरुको अबलोकन भ्रमण-कमलामाई नगरप्रमुख खत्री

महाशिवरात्रीको अबसर पारेर कमलामाई नगरप्रमुख खड्गवहादुर खत्रीले आफ्नो कार्यकालमा केही जनस्तरबाट देखिन कार्य गर्नका लागि अन्य स्थानीय निकायले गरेका कामहरुको अबलोकन भ्रमणलाई तिब्रता दिएकाछन् ।
चितवनमा रहेको कार्टुन तथा अण्डा राख्ने क्रेटको उत्पादन लगानी, उत्पादन प्रक्रिया तथा बजारीकरणको अबस्थावारे अबलोकन भ्रमण गरेका हुन् । त्यसैगरी धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दैआएको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका बारेमा पनि अबलोकन गरेका छन् । त्यसैगरी कृषि ज्ञानकेन्द्र चितवनका प्रमुख राजन ढकालले जिल्लामा भएको उत्कृष्ठ कृषि उत्पादन, भण्डारण र बजारीकरणका विषयमा छलफल भएको थाहा लागेको छ । त्यसैगरी गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलसँग भेटगरी नमुना विकास कार्यक्रमको अबलोकन तथा छलफल भएको छ । नगरप्रमुख खत्रीले बदलिंदो राजनैतिक कोर्षसँगै विकासका मोडेलहरुमा पनि नयाँ अध्ययाय प्रारंभ गर्ने सोच अगाडि बढाएको थाहा लागेको छ । त्यही कारणले पनि उनी नमुना योजनाहरुको अबलोकन भ्रमणमा व्यस्त रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन कमलामाई

poster-here