स्थानीय तह विकास निर्माण समीक्षा उदयपुर

जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा उदयपुरका स्थानीय तह का प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतहरू, विषयगत शाखाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं संघ-संस्थाका प्रतिनिधिको सहभागितामा  आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा आव २०७७/७८ को अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

गाईघाटमा २ दिनसम्म सञ्चालन भएको उक्त कार्यकमको अध्यक्षता जिल्ला समन्वय समिति उदयपुरका अध्यक्ष खड्ग परियारले गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य पनि सहभागी थिए ।

frontline

कार्यक्रममा सबै स्थानीय पालिका तथा विषयगत कार्यालयका साथै संस्था गरी २२ वटाले आफ्ना प्रस्तुति राखेको जिल्ला समन्वय समिति उदयपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here