स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी

१८ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । विहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिएको हो ।

त्यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व–घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

frontline

उनले स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिइएको पनि बताए ।

प्रवक्ता पौडेलका अनुसार आयोगले आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरेको छ ।

प्रवक्ता पौडेलले कल सेन्टर स्थापना भएको दुई दिनमा आयोगमा पहिलो दिन ३१० र दोस्रो दिन २६१ जना मतदाताहरुको जिज्ञासा समाधान गरेको पनि बताए । आयोगले मतदान सम्बन्धी जिज्ञासाका लागि ११०२ नम्बरको टोल फ्री नम्बर उपलब्ध गराएको छ ।

प्रवक्ता पौडेलले भने, ‘स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका–२०७९ जारी भएको छ । र निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व–घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको छ ।’

त्यस्तै स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिइएको उनले बताए ।

उनले भनेका छन्, ‘आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको छ । कल सेन्टर सञ्चालन भएको पहिलो दिन ३१० कल र दोस्रो दिन २६१ कलहरुबाट मतदाताहरुको जिज्ञासा समाधान गरिएको छ । यसको लागि ११०२ नम्बरको टोल फ्री नम्बर हामीले व्यवस्था गरेका छौँ ।’

यसका साथै प्रवक्ता पौडेलले कल सेन्टरमा मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयहरुमा आम मतदाताहरुबाट जिज्ञासा आउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here