स्थानीय तहका कर्मचारीले सुर्योदयमा बिरोध प्रदर्शन जारी
असोज १३ गते
आन्दोलनरत स्थानीय तहका कर्मचारीले आज बिरोध प्रदर्शन गरेका छन्। दिउँसो १० बजे सुर्योदय नगरपालिकामा भेला भएर र्यालीसहित बिरोध प्रदर्शन गर्नु भयो।
करिब १०० कर्मचारीले आजको प्रदर्शनमा सहभागी भएको थिए । प्रदर्शनका लागि विभिन्न गाउँबाट कर्मचारीहरुले आफ्नो माङ्ग सहित सुर्योदय नगरपालिकामा बिरोध प्रदर्शन गरेका छन । पूर्वनिर्धारित तालिका अनुसार बिहीबार पनि प्रदर्शन गर्ने र सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने चेतावनीसमेत कर्मचारीले दिएका छन्।
उनीहरूले हिजो कार्यालयमै कालोपट्टी बाँधेर काम गरेका थिए । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा सुर्योदय नगरपालिकामा केन्द्रित भइ आन्दोलन थालेका हुन्।
प्रतिक्रिया दिनुहोस्