स्थलगत अध्ययन अवलोकन गर्न गएको निर्वाचन आयोगको टोली फर्कियो काठमाडौं

११ मंसिर, स्याङ्जा । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचनका बेला चापाकोटमा भएको घटनाकाबारे स्थलगत अध्ययन अवलोकन गर्न आएको निर्वाचन आयोगको टोली शनिबार साँझ काठमाडौं फर्केको छ।

आयोगका सहसचिव फणिन्द्र गौतमको नेतृत्व र शाखा अधिकृतसहितको शुक्रबार बिहान स्याङ्जा आएको टोली २ दिन स्याङ्जामा बसेर फर्केको हो।

frontline

टोलीले जिल्लाका सुरक्षा प्रशासन, विवादमा तानिएका मतदान केन्द्र, आन्दोलनरत राजनैतिक दलहरुलगायतसँग छुट्टाछुट्टै छलफल गरेको छ। टोलीलाई तीन दिन अर्थात् मंसिर १२ भित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार  आयोगको टोलीले चापाकोट पुगेर स्थलगत अध्ययन अवलोकनका साथै सम्बन्धित सरोकारवालासँग भेटवार्ता गरे। निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मीसँग पनि भेटवार्ता गरेका छन्।
 
मतदान सकिएको सातादिन पुग्दा समेत स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु हुन नसक्दा स्थानीय मतदाताको आक्रोश बढेको छ। तर, नेपाली कांग्रेस र नेकपा एमाले आ -आफ्नै अडानमा छन्। बिहानदेखि साँझसम्म दुवैपक्ष धर्ना र शक्ति प्रर्दशनमा व्यस्त छन्।

मतपेटिका नगरपालिकाभित्र बनाइएको मतगणनास्थलमा राखिएको छ। मतदान सकिएर मतपेटिका थन्क्याएपछि एमालेले सडक आन्दोलन गर्न थालेपछि मतगणना कार्य अन्योलमा परेको छ।

कांग्रेसले धाँधलीगरी मत खसालेको एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ।  मतगणनास्थल वरपर बस्दै धर्ना पनि दिँदै आएका छन्।  

तर, कांग्रेसले भने मतदान केन्द्रबाट मुचुल्कासहित विधिपूर्वक आएका मतपेटिका सम्बन्धित स्थानमा थन्क्याएपछि मतगणनाका प्रक्रिया अघि बढाउनुपर्ने भन्दै मतगणनाको माग गर्दै आएको छ। 

आन्दोलनरत दलहरु पक्ष र विपक्षमा अहिले सडकमा धर्ना एवं दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।

क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्मा भने, ‘आयोगको टोली काठमाडौं फर्किसकेको छ, अब टोलीले उपलब्ध गराएको प्रतिवेदनका आधारमा आयोगले निर्णय गरेर काम अघि बढ्ने छ। हामी त्यसकै प्रतिक्षामा छौं।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here