स्टार टेनिस खेलाडी राफेल नाडाललाई कोरोना संक्रमण

६ पुस, काठमाडौं । स्टार टेनिस खेलाडी राफेल नाडाललाई कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएको जानकारी नाडालले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्। 

नाडालले अबुधाबी प्रतियोगिताबाट फर्केर स्पेन पुग्दा आफ्नो कोरोना परीक्षण भएको ट्वीटमा बताएका छन्।

frontline

नाडालका अनुसार उनको कोरोना परीक्षणमा पोजिटिभ आएको छ। नाडालले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल गरेका छन्। 

उनले आगामी दिनमा टेनिस प्रतियोगितामा सहभागी हुने समय आएपछि जानकारी गराउने बताए। नाडालले समर्थनका लागि सबै खेलप्रेमीलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here